काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा शिशिर भट्टराई नियुक्त भएका छन्।
कम्पनीको चैत १६ गते बसेको सञ्चालक समिति बैठकले भट्टराईलाई सीइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो। उक्त निर्णयअनुसार उनको नियुक्ति आजदेखि लागू भएको कम्पनी सचिव सुजन अधिकारीले जानकारी दिएका छन्।
नयाँ नेतृत्वसँगै कम्पनीको व्यवस्थापन र कार्यसम्पादनमा थप सुधार आउने अपेक्षा गरिएको छ।