काठमाडौं । भिभो ले आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोन भिभो भि७० को पहिलो आधिकारिक झलक सार्वजनिक गरेको छ। कम्पनीले ‘जाईस पोर्टेट सो प्रो’ अवधारणासहित मोबाइल फोटोग्राफीमा नयाँ सम्भावनाको संकेत गरेको हो।
कम्पनीका अनुसार भि७० मा प्रिमियम डिजाइनसँगै उन्नत इमेजिङ क्षमतामा विशेष जोड दिइएको छ। जाईस सँगको सहकार्यमा तयार गरिएको यस फोनको मुख्य आकर्षण ५० मेगापिक्सेलको सुपर टेलिफोटो क्यामरा रहने चर्चा छ, जसले टाढाबाट खिचिएका तस्बिरमा समेत उच्च स्पष्टता र सटीकता दिने अपेक्षा गरिएको छ।
त्यस्तै, जुम क्षमतालाई अझ प्रभावकारी बनाउन एआई स्टेज मोड समावेश गरिएको छ, जुन विशेषगरी कन्सर्ट तथा स्टेज वातावरणमा हुने जटिल प्रकाश व्यवस्थामा उत्कृष्ट परिणाम दिने कम्पनीको दाबी छ। भिडियो रेकर्डिङतर्फ पनि भि७० मा 4K FZ भिडियो सुविधा रहने उल्लेख गरिएको छ, जसले प्रोफेशनल सिनेमाटिक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
डिजाइनका हिसाबले पनि भिभो भि७० मा एयरोस्पेस–ग्रेड एल्युमिनियम अलोय फ्रेम प्रयोग गरिएको छ, जसले मजबुत संरचनासँगै प्रिमियम मेटालिक फिनिस दिने बताइएको छ। भिभोको सिग्नेचर फ्ल्याट डिस्प्ले र आकर्षक डिजाइनले आधुनिक प्रयोगकर्ता अनुभवलाई अझ सहज बनाउने कम्पनीको भनाइ छ।
कम्पनीले भि७० मार्फत इमेजिङ, डिजाइन र प्रदर्शनमा नयाँ स्तर स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ। यद्यपि अधिकांश विवरणहरू हाल गोप्य राखिएको छ। फोनका पूर्ण विशेषता, मूल्य र अफरहरू आगामी ७ अप्रिलमा हुने आधिकारिक लन्च कार्यक्रममा सार्वजनिक गरिनेछ।
