अमेरिकाले देश निकाला गरेका नेपाली आइपुगे नेपाल

अमेरिकाले देश निकाला गरेका ३७ जना नेपाली काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले अनाधिकृत रुपमा बसोबास गर्दै आइरहेका विभिन्न देशका नागरिकलाई फिर्ता पठाउने काम तिब्रताका साथ गरेका छन् । त्यसैअनुसार नेपाली नागरिक लाई पनि फिर्ता पठाएको हो ।