धनुषा । मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरी मा गए राति आगलागी भएको छ।
रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ता का अनुसार आगलागीबाट करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगोका कारण रिफाइनरीमा जडान गरिएका स्टिम तथा थर्मोफुल मेसिन जलेर नष्ट भएका छन्।
आगलागी नियन्त्रणका लागि जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट पाँचवटा वारुणयन्त्र परिचालन गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना को संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो।
यसैबीच, क्षतिको पूर्ण विवरण सङ्कलन गर्न अझै केही दिन लाग्ने इलाका प्रहरी कार्यालय ढल्केबर का प्रहरी निरीक्षक लक्ष्मण केसी ले जानकारी दिएका छन्। आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन।
