राष्ट्र बैंकले माग्यो आ व ०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ ।

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै मौद्रिक नीति तर्जुमाका लागि राय–सुझाव माग गरेको हो ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ,’ बैंककोपूचनामा उल्लेख छ, ‘यसै क्रममा आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीति तर्जुमाका लागि राय–सुझाव भए यस बैंकको आर्थिक अनुसन्धान विभागमा र इमेलमा १० असार ०८२ भित्र उपलब्ध गराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।