राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ । सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् बैठक आह्वान गरेका हुन् । १७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ ।