काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज पनि सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेर २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि उच्च दरमा कारोबार भइरहेको सुनको मूल्य लगातार घट्दै जाँदा बजारमा केही राहत महसुस गरिएको छ। मूल्य घटेसँगै सुन खरिद गर्ने उपभोक्तामा आकर्षण बढ्ने अपेक्षा गरिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ।
