काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि युरोपेली संघका राजदूत महामहिम भेरोनिक लोरेन्जाबिच भेटवार्ता भएको छ ।
मंगलाबार मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो । भेटघाटको क्रममा उनीहरूले नेपाल-युरोपेली संघ सम्बन्धलाई अझ गहिरो बनाउने र द्विपक्षीय सहयोग बढाउने विषयमा छलफल गरेका छन् ।
