नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि निरन्तर बढ्दै आएको अमेरिकी डलरको भाउ आज पनि बढेको छ।
अमेरिकी डलर आज हालसम्मकै महँगो बन्दा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो मुद्राको मूल्य बढेको राष्ट्र बैंकले जनााएको छ।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४५ पैसा थियो।
त्यसैगरि आज युरो १ को खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा छ। हिजो युरो १ को खरिददर १७७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३८ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४७ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ४८ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४९५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ४१ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ४०२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ५० पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ४०२ रुपैयाँ १५ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ७३ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
