बालगोपाल साहुखल नेपालका पहिलो एएफसी प्रो लाइसेन्स प्रशिक्षक

  • Clock icon
    २०८३ आश्विन १६, शुक्रबार

बालगोपाल साहुखल नेपालका पहिलो एएफसी प्रो लाइसेन्स फुटबल प्रशिक्षक बनेका छन्।

साहुखलले फुटबल अस्ट्रेलियाले सञ्चालन गरेको एक वर्षे एएफसी प्रो–डिप्लोमा कोर्स पूरा गर्दै प्रो लाइसेन्स हासिल गरेका हुन्। साहुखलाले शुक्रबार प्रो लाइसेन्सको प्रमाणपत्र प्राप्त गरेका छन्। अब उनले नेपाली पुरुष फुटबल टोली हेर्न पाउनेछन् ।

‘फुटबलको लामो यात्रामा अर्को एउटा खुड्किला पार गरेको छु । मेहेनतको फल प्राप्त हुँदा खुसी लागेको छ’,’साहुखलले भने, मौका मिल्दा आफ्नै देशमा जिम्मेवारी निर्वाह गर्ने इच्छा छ। तर त्यस्तो अवस्थामा अरु अवसरको लागि पनि प्रयास गर्नेुपर्ने हुन्छ ।;

साहुखल नेपालबाट एएफसी प्रो लाइसेन्स प्राप्त गर्ने पहिलो प्रशिक्षक बनेका छन्। यसअघि नेपालमा एएफसीको ‘ए’, ‘बी’ र ‘सी’ लाइसेन्स प्राप्त प्रशिक्षक मात्रै थिए।

प्रो लाइसेन्स प्राप्त प्रशिक्षकको अभावमा नेपालले फिफा र एएफसीका प्रतियोगितामा टोलीको नेतृत्व गर्न विदेशी प्रशिक्षक ल्याउँदै आएको थियो।

साहुखलले यसअघि सन् २०२३ मा कतार फुटबल संघ एएफसी ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए।

साहुखलले राष्ट्रिय टोलीको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेको अनुभव बटुलेका छन्। कोर्सकै दौरानमा उनी राष्ट्रिय टोली थिए। यस्तै, नेपाली यु–१९ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालेका थिए।