विश्वले बेहोरिरहेका तीन वटा संकटसँग जुध्नका लागि युवाहरू तयार हुनु पर्नेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जोड दिनुभएको छ । कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरले राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको युथ भिजन २०३५ मा युवा सरोकारु विषयक नीतिगत छलफललाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।
तीन सकंट भनेका जैविक विविधता, जलवायु परिवर्तन र प्रदूषण हुन्। विश्वले यी तीन विषयलाई महासंकटका रुपमा लिइरहेको छ। यी तीन वियको सन्तुलनमा ध्यान नदिएमा भोली विश्वले महासंकट बेहोर्नुपर्ने हुनसक्छ। त्यसैले विश्वले यी विषयमा सन्तुलन राख्न ग्लोवल पलिसी निर्माण आजको आवश्यकता हो ।र, युवा पुस्ता यो संकटसँग जुध्न सचेत हुनुपर्छ, उहाँले भन्नुभयो ।
प्राकृतिक र जैविक विविधता सन्तुलन नै अहिले आवस्यकता भएको उनको ठहर छ। ुजनसंख्या वृद्धिले जैविक विविधता भइरहेको छ। जलवायु परिवर्तन औद्योगिक करणले भइरहेको छ। यसले जमिन, वायु, जललगायत सबै क्षेत्र प्रदूषित तुल्याइरहेको छ। यसले नेपाल मात्र नभएर विश्वमै महासंकट ल्याउने आंकलन गरिदै छ । त्यसैले यससँग जुध्नका लागि युवालाई दिइने शिक्षा पनि यसैको आधारमा हुनुपर्छ,ु महरले भन्नुभयो ।नेपालका युवाका लागि स्थापना गरिएको सर्टीफिकेट धितो राखेर रिण लिने ब्यवस्थाको कार्यान्वयन नहुदा र युवा स्वरोगारको प्रभावकारिता नहुदा अन्यौलता थपिएको महरले उल्लेख गर्नुभयो ।
एउटा सिटिजन साइन्सका रुपमा युवाले प्राकृति संकटसँग जुध्न भूमिका निर्वाह गर्नुपर्ने र विज्ञान,प्रविधिको उचित ज्ञानले भरिपुर्ण हुनु पर्ने महरले औंल्याएका छन्। युवाले मेरो र मेरो सन्ततिको भविश्यका लागि भन्दै समाजमा सचेतना जागृत गर्नुपर्ने र आफैँ सक्रिय हुनुपर्ने महरले बताउनुभयो ।
नेपालले निर्माण गर्न लागेको युथ भिजन २०३५ ले यस्तो खाले संकटसँग जुध्न प्रस्ट खाका कोर्नुपर्ने उनको धारणा छ। ुअबको युवालाई प्रविधि युक्तसमेत बनाउनुपर्छ। जिएन्जी पुस्तालाई सक्षम बनाउन सरकारको नीति तथा कार्यक्रममा आएको बढ्दै पढाउँदै अवधारणालाई समेत कार्यान्वयन गर्नुपर्छ, उहाँको धारणा थियो ।
युवाका लागि चाहिने खेलकुद, शिक्षा, स्वास्थ्य, रोजगार ,मनोरञ्जन राज्यले दिनुपर्ने महरले बताउनुभयो । युवा पनि राष्ट्र प्रेमले ओतप्रोत हुन आवस्यक रहेको उहँले औंल्याउनुभयो । दिनहुँ समय फेरिँदो, आधुनिकिकरण बढ्दो छ, युवालाई सोही अनुरुपको शिक्षा दिँदै विश्व बजारसँग प्रतिस्पर्धा गर्ने खालको हुन प्रेरित गर्नुपर्छ। र, उनीहरूलाई वातावरण सन्तुलनमा पनि प्रेरित गर्नुपर्छ,ु महरले उल्लेख गर्नुभयो ।
उहाँले पाठ्यक्रम नै युवा मैत्री हुनुपर्ने बताउनुभएको छ । विश्वमा व्याप्त समस्या समाधानमा युवाहरूले कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने ज्ञान पाठ्यक्रममै समाविष्ट हुनुपर्नेमा महरको जोड छ।