आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत आज सोमबार हुने १०६ औं खेलमा नेपाल स्कटल्याण्डसँग खेल्दैछ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा आज हुने यो खेलमा नेपाल जितका लागि कम्मर कसेको छ ।
संयुक्त राज्य अमेरिकासहित सम्मिलित यस घरेलु त्रिकोणात्मक शृङ्खला नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ ।
घरेलु दर्शकको अगाडि खेल्दै गरेको नेपाली टोली राइनोज तालिकामा माथि उक्लने र सोझै छनोट हुने दौडमा सामेल हुनका लागि महत्त्वपूर्ण अङ्क जोड्ने दाउमा छ।
उनीहरु सँगै सँगै बढ्ने बचतको लागि अहिलेको तालिकामा स्कटल्यान्ड ३० खेलबाट ३८ अङ्क जोड्दै शीर्ष स्थानमा सुरक्षित छ । अर्कोतर्फ, नेपाल भने २६ खेलबाट २० अङ्क मात्र जोडेर सातौँ स्थानमा छ।
नेपालले हालसम्म ८ जित र १५ हार बेहोरेको छ। शीर्ष चारभित्र पर्दै आफ्नो एकदिवसीय मान्यता जोगाउन र प्लेअफ क्वालिफायरको सङ्कट टार्नका लागि अबका खेलहरुमा लगातार जित निकाल्न ठूलो चूनौती नेपाललाई रहेको छ ।
स्कटल्याण्ड पनि आफ्नो अघिल्लो खेलमा अमेरिकालाई २ रनको रोमाञ्जक जित निकालेको थियो ।
