आजको शेयर बजारमा कारोबार बढ्यो

साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६.५१ अंकले घटेरर २७२४.३९ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १.०३ अंकले घटेर २७३०.९१ मा पुगेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ४६ कम्पनीको ७८ लाख १६ हजार ४ सय ७८ कित्ता शेयर ४५ हजार ५ सय १९ पटक किनबेच हुँदा ३ अर्ब ८ करोड ७७ लाख ३० हजार ९ सय ६२ रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड सेयरमूल्य १४.२६ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिटी होटल लिमिटेडको २३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आजको कारोबारमा ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै १.२४ प्रतिशत घटेको छ।