विद्युत् खपतमा भ्याट लगाउने व्यवस्थाले उपभोक्ता तहमा बहस-ऊर्जामन्त्री

  • Clock icon
    २०८३ जेष्ठ २२, शुक्रबार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको जलविद्युत् क्षेत्र अत्यन्तै सम्भावनायुक्त र सिकाइको निरन्तर अवसर प्रदान गर्ने क्षेत्र रहेको बताएका छन्।

काठमाडौंमा आज शुक्रबार पत्रकारहरुसँग अनौपचारीक कुराकानीमा उनले जलविद्युत् क्षेत्रबारे जति अध्ययन र अवलोकन गरे पनि नयाँ–नयाँ विषय सिक्न पाइने बताए।

ऊर्जामन्त्री श्रेष्ठले नेपालमा ऊर्जा उत्पादन, प्रसारण र वितरणका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै निजी क्षेत्र, सरकार र स्थानीय समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।

उनले पानीबाट नै विजुली उत्पत्ति हुने भएकाले ऊर्जासँगै सिँचाई र जललाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले बजेटमा भएका जलविद्यूतका बुँदा उल्लेख गर्द भने, ‘आर्थिक वर्ष २०८३/८४ को बजेटले ऊर्जा क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा लिएको छ। विद्युत् उत्पादन क्षमता ५,५३५ मेगावाट पुर्‍याउने लक्ष्य, ठूला जलविद्युत् आयोजनाको विस्तार, ग्रीन हाइड्रोजन प्रवर्द्धन तथा ऊर्जा पूर्वाधारमा अर्बौं रुपैयाँको लगानी सकारात्मक पक्ष हुन्।’

तर ५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने व्यवस्थाले उपभोक्ता तहमा बहस सिर्जना गरेको छ ।

उनले ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन निर्माणका लागि रु ८५.५४ अर्ब विनियोजन गरिएको र प्रसारण लाइन तथा सबस्टेशन निर्माणका लागि रु.७० अर्ब छुट्याइएको  दोहोराए ।