नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर लामो समयदेखि बन्द भएको संघिय सांसदमा गृहमन्त्री रमेश लेखकले आफूले राजीनामा नदिने जिकिर गर्दै भने भिजिट भिसा कुनै मन्त्रीले घटाउने वा बढाउने होइन । म मन्त्री भएपछि मात्रै भिजिट भिसाको प्रणाली प्रारम्भ भएको हो भन्ने नियोजित ढङ्गगले प्रचारीत गरिँदै छ, त्यसो होइन । भिजिट भिसाको प्रणाली हाम्रो देशमा वर्षौंदेखि लागू थियो र अहिले पनि निरन्तर रहेको छ । मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि कार्य गर्ने संवैधानिक भूमिका प्राप्त गरेको सवल संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने कुनै पनि काम कारबाहीलाई म खुल्ला हृदयले स्वागत गर्दछु । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ जुन मेरो प्रत्यक्ष वा अप्रत्यक्ष मातहतमा पर्दैन । भन्दै राजीनामा नदिने जनाए