इप्पान निर्बाचन : यस्तो छ बलराम खतिवडाको वरिष्ठ उपाध्यक्ष सहितको प्यानल

काठमाडौं– स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल(इप्पान)को आठौं अधिवेशन एवं २४ औं वार्षिक साधारणसभामा आगामी नेतृत्वका लागि महासचिव बलराम खतिवडाले वरिष्ठ उपाध्यक्षमा आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा खतिवडा, उपाध्यक्षमा भरत नेपाल, भरतबहादुर खत्री, कुमार खरेल र दीपक पौडेल उम्मेदवार रहेका छन् । यसैगरी, महिला उपाध्यक्षमा सिर्जना खड्का र महासचिवमा प्रकाश दुलाल खतिवडाको टिमबाट उम्मेदवार रहेका छन् ।

यस्तै, खतिवडाको प्यानलबाट सचिवमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्बु, वीरेन्द्रबहादुर मल्ल, संगीता धमला र इशा श्रेष्ठ रहेका छन् । त्यसैगरी, सदस्यमा सोमनाथ कँडेल, भुषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, नारायण कँडेल, सुकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त र प्रदीप ओली रहेका छन् ।

इप्पानको विधानमा वरिष्ठ उपाध्यक्ष नै आगामी महाधिवेशनमा स्वतः अध्यक्ष बन्ने प्रावधान रहेको छ । यसअघि उत्तम भ्लोन लामाले वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।