राजनीतिक सल्लाहकार असिम शाहसँगै केहि प्रधानमन्त्रीको सचिवालयबाट हट्दै: मन्त्रीमा हेरफेर

प्रधानमन्त्री बालेन्द्र साह-बालेनले मन्त्रीहरूसँगै आफ्नो सचिवालयमा पनि हेरफेरको तयारी थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय कार्यसमितिमा आएका सचिवालय सदस्यहरूलाई पार्टी काममै केन्द्रित गराउने प्रधानमन्त्री शाहको योजना रहेको सचिववालयले जनाएको छ ।

प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असीम शाह रास्वपाको सह–महामन्त्री, नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकाल केन्द्रीय सदस्यमा निर्वाचित भएकाले सचिवालयबाट हट्ने भएका हुन् ।

उनीहरूलाई सचिवालयबाट बिदा गरेर पार्टीको काममा केन्द्रित गराउने प्रधानमन्त्री बालेनको योजना छ ।

राहदानी छपाइ ठेक्का प्रकरणमा असीम र सुदीपको भूमिकामाथि प्रश्नको उठेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रत्येक मन्त्रीले ३ देखि ५ जनासम्म सचिवसरहका सल्लाहकार नियुक्त गर्न पाउन व्यवस्था गरिएको छ। २ वैशाखमा मन्त्रिपरिषद् बैठकले प्रमुख स्वकीय सचिवसहित ९ जनाको स्वकीय सचिवालय बनाउन पाउने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनका लागि मुख्यसचिव सुमनराज अर्यालले सम्बन्धित मन्त्रालयमा निर्णयको ब्यहोरा पठाइसकेका छन्।

असार मसान्तसम्म सरकारको कार्यसम्पादन मूल्यांकन रिपोर्ट सार्वजनिकसँगै केहि मन्त्रिहरुपनि फेरबदल हुने प्रधानमन्त्री कार्यालयको तयारी छ ।