काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिरेन्द«नगर नगरपालिका वडा नं १, धोदेखाली स्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयमा पानी टयाङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ ।
बैंकको पश्चिम क्षेत्र प्रमुख महेन्द खनालले बिरेन्दनगर नगरपालिका वडा नं १ को वडा अध्यक्ष दिनेश खत्रीलाई पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गर्नुभएको थियो । विद्यालयमा खानेपानी आपूर्तिका लागि डिप बोरिङ प्रणाली जडान गरिएको भएता पनि पानी शुद्धीकरण गर्ने व्यवस्था उपलब्ध नभएको कारण विद्यार्थी तथा शिक्षकहरू हालसम्म शुद्ध पानी प्रयोग कठिन रहेको थियो । यस अवस्थालाई मध्यनजर गर्दै विद्यालयको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बैंकले पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर प्रदान गरेको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष खत्रीले विद्यालयको आवश्यकतालाई महसुस गर्दै सहयोग प्रदान गरेकोमा बैंकप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर भक्त सुनारले बैंकद्वारा प्रदान गरिएको पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायरबाट विद्यार्थी तथा शिक्षकहरूले स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने तथा यसले स्वस्थ शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, बैंकका पश्चिम क्षेत्र प्रमुख खनालले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायको आवश्यकता पहिचान गरी यस्ता सहयोगात्मक कार्यक्रममार्फत समुन्नत समाज निर्माणमा हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, बिरेन्द«नगर नगरपालिका वडा नं १ को वडा अध्यक्ष, विद्यालय व्यवस्थापनका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
