साताको चौथो कारोबार दिन आज बिहीबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ७.५० अंकले बढेर २५९७.८० बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से १४ अंकले बढेर २५९०.२९ बिन्दुमा पुगेर बन्द भएको थियो।
आज नेप्सेमा १ सय २१ कम्पनीको शेयर मूल्य बढेको छ। त्यसैगरी १ सय ५१ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ७१ कम्पनीको ९४ लाख ६९ हजार ९९ कित्ता शेयर ३९ हजार ५ सय ९५ पटक किनबेच भएको छ।
आज ४ अर्ब ५६ करोड २९ लाख ५० हजार ७ सय रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब १७ करोड ३ लाख ९८ हजार ४९ रुपैयाँको कारोबार भएको थियो।
एनआईबीएल ग्रोथ फन्ड सबैभन्दा धेरै १४ प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड सबैभन्दा धेरै ८.७७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै केबीएल डिबेन्चरको २४ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आजको कारोबारमा १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक घटेको छ। ९ उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६६ प्रतिशत बढेको छ।
