८६ वर्षमा हिड्दैगर्दा मृत्युसित पराजित मेरी आमाले मृत्युपछि आफ्ना आंखा दान गर्ने चाहना राख्नु भएको थियो ! आमाको त्यही चाहनालाई नेत्रज्योती अभियानका नायक डा. सन्दूक रूइतले त्यसवेला पुरा गरिदिनु भएको थियो । त्यो प्रशंग सहित आमाका बारेमा आफूले लेखेको पुस्तक “ आमा सपना र ताराहरू” डा. रूइतलाई दिन पाउंदा हर्षको सिमै रहेन !!