अब सबैले गहना किन्ने भए ३ लाख रुपैयाँभन्दा बढी बोक्नुपर्ने भएको छ ।
साताको दोश्रो दिन आज सोमबार तोलामा ३ हजार ६ सय बढेको सुनको भाउ आज पनि बढेको छ।
सुनको भाउ आज तोलामा १ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ६ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ हिजो र आज गरेर ५ हजार २ सय रुपैयाँ बढेको हो।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ६० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ७ सय ७० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
