कर्मचारी सञ्चयकोषको प्रशासक नियुक्ती पेचिलो बन्दै

काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रशासक नियुक्ति प्रक्रिया निर्णायक चरणमा पुगेका बेला अनिवार्य अवकासका कारण प्रतिष्प्रधिमध्ये हालका का.मु प्रशासक जीवन कटवाल उमेरहदको कारण स्वत अवकास हुने अबस्थामा पुगेका छन् । कर्मचारी सञ्चय कोष ऐन २०१९ अनुसार प्रशासक हुन कोषमा कार्यरत बाहालबाला कर्मचारी हुनु पर्ने प्राब्धान रहेको छ । कोषमा प्रशासक हुनका लागि निज कटुवालले शक्तिकेन्द्रहरु धाइरहेको र कोषका कर्मचारी संघ संगठनहरुलाई उचालिरहेका छन् ।

सुशासन र सुन्य भ्रष्टचारको नारा दिएर बनेको सरकारले यीनै जीवन कटवाललाई प्रशासक नियुक्ती गर्न लागिरहेको विशेस सुत्रले बताएको छ । झण्डै छ खर्ब पुँजी रहेको यस संस्थाले सहि नेतृत्वपाउन सकेको खण्डमा देशका ऊर्जा, पर्यटन तथा अन्य पूर्वाधारको क्षेत्रमा कायापलट गर्न सक्ने र आन्तरीक पुजीँ परिचालन मार्फत सरकारको उद्देश्य पनी हाँसिल गर्न सक्ने वित्तिय विस्लेषकहरु बताउँछन् ।

कर्मचारी संघमा आवद्ध हुँदै ११ तहसम्म पुगेका निज कटवालले दैनिक कार्य संचालनका कार्य बाहेक कोषलाई ठोस टेवा पुग्ने खालका कामहरु र निर्णयहरु गर्न नसकेको कोषमा कार्यारत उच्च तहका कर्मचारीहरु बताउँछन् । काण्डै काण्डमा मुछिएका यीनै कटवाललाई प्रशासकमा नियुक्त गर्ने सरकारको तयारी देख्दा जुन जोगी आए पनी कानै चिरेको भन्ने नेपाली उखान चरिचार्थ हुने पक्का देखिन्छ ।

यस अगी पनी गम्भिर त्रुटि गर्दे आएको अर्थ मन्त्रालयले अहिले पनी नगर्ला भन्न सकिँदैन । यसले स्वयम अर्थ मन्त्री स्वर्णिम वाग्लेको कार्य क्षमतामा पनी गम्भीर प्रश्न उठ्ने निश्चित छ ।