आज अमेरिकी र अस्ट्रेलियन डलरसहित सबै देशको मुद्रा महंगो

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ।

हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो र पाउन्डको मुल्य बढेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५३ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा थियो।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिददर १७७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७७ रुपैयाँ २२ पैसा छ। हिजो युरो १ को खरिददर १७६ रुपैयाँ २८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९७ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ र बिक्रीदर २०७ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ २३ पैसा र बिक्रीदर २०७ रुपैयाँ ०४ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०९ रुपैयाँ २० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३८ पैसा थियो।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ २२ पैसा र बिक्रीदर ४९९ रुपैयाँ १७ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ९३ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ २१ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ८० पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।