अदालतले काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । उच्च अदालत पाटनले कामपाका प्रहरी प्रमुख पाण्डेलाई निलम्बन गर्ने निर्णय यथास्थितिमा राख्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । पाण्डेलाई गत जेठ २० गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका थिए । पाण्डेले निलम्बनको निर्णय विरुद्ध उच्च अदालत पाटनमा मुद्धा हालेका थिए ।