क्षति र राहतबारे छलफल गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वदलीय बैठक बोलाएको छ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षति, खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न रास्वपाले सर्वदलीय बैठक बोलाएको हो । रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन र आगामी पुनर्स्थापनाका लागि साझा रणनीति तय गर्न सबै राजनीतिक दलहरूसँग छलफल गर्न लागिएको प्रवक्ता खरेलले जानकारी दिए।