महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख सहयोग

महालक्ष्मी विकास बैंकले भदौ १० गते भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुर्नस्थपना कार्यमा सहयोग पु¥याउने उद्धेश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख सहयोग गरेको छ ।

उक्त भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ्ग र चितवन जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाट लगायतका स्थानहरुमा अकल्पनिय र अत्याधिक मात्रामा जनधनको क्षेती पुगेको छ । यस विषम परिस्थितीलाई सामना गर्नको लागि बैंकको तर्फबाट र बैंकमा कार्यरत कर्मचारीहरुको तर्फबाट एक दिन बराबरको पारिश्रमिक समेत गरी कुल रु. ५१ लाख सहयोग गरिएको हो ।