काठमाडौं । विश्वकै मूल्यवान एआई कम्पनीमध्ये एक NVIDIA ले रसुवा-भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ करोड अमेरिकी डलर अर्थात् करिब १ अर्ब ५० करोड रुपैयाँ सहयोग गरेको छ।
नेपाल विपद्को कठिन घडीमा रहेको बेला एनभिडियाले गरेको यो ठूलो सहयोगले बाढीपीडितको राहत तथा पुनःस्थापनामा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
नेपाललाई विपद्को समयमा ठूलो सहयोग गरेकोमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङप्रति धन्यवाद व्यक्त गरेका छन्।
एनभिडियाको सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको जनाइएको छ। संकटका बेला प्राप्त यो सहयोगले प्रभावित नागरिकको उद्धार, राहत वितरण र पुनःस्थापना कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
