मान्द्रुङ खोलाले गोरखामा तीन घर बगायो

गोरखाको चुमनुब्री गाउँफालिका-४ मा मान्द्रुङ खोलामा आएको बाढीले तीन वटा घर बगाएको छ ।

गएराति साढे ३ बजेको समयमा आएको बाढीले चुमनुब्री गाउँपालिका-४ नाम्रुङ का नगु छिरिङ, उर्गीन लामा र लाक्पाभुटी लामाको घर बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।

भारी वर्षापछि मान्द्रुङ खोलामा बाढी आउँदा एउटा फलामको पुलमा समेत क्षति पुगेको हो ।

बाढीबाट मानवीय क्षति भने नभएको र अहिले वर्षा रोकिएका कारण खोला घट्ने क्रममा रहेको छ ।