पत्रकार पाठकलाई नपक्रन तथा प्रकाशित समाचार नहटाउन उच्च अदालतको आदेश

दिल भुषण पाठक

अदालतले पत्रकार दिलभूषण पाठकलाई धरपकड नगर्न र नेपालखबर तथा बिजमाण्डुमा प्रकाशित समाचार नहटाउन आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनले पाठकका विषयमा पहिलेकै अल्पकालीन अन्तरिम आदेशलाई अल्पकालीन दिएको छ ।

यस्तै, जिल्ला अदालत काठमाडौंले नेपालखबर प्रालि र बिजमाण्डु प्रालिविरुद्ध नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिट खारेज हुने फैसला गरेको हो । उच्चका न्यायाधीशद्वय टंकप्रसाद उच्चकार टीकाराम आचार्यको इजलासबाट भएको आदेशमा भनिएको छ, ‘निवेदकले सम्प्रेषित गरेको सामग्रीबाट कसुर भएको भनी परेको जाहेरीका आधारमा गनजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित भएको नदेखिँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवेदकलाई पक्राउ नगर्नू–नगराउनू ।’होटेल हिल्टनको सेयर खरिदसम्बन्धी सामग्रीलाई आधार मानी भिडियो रिपोर्ट युट्युबमा प्रसारण गरेपछि पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो ।

विद्युतीय कारोबार ऐनअनुसार उजुरी परी पक्राउ गर्न लागिएपछि सो कार्य रोक्नुपर्ने भन्दै पाठकले अदालत गुहारेका थिए । त्यसमाथि सोमबार उच्च अदालत पाटनका न्यायाधीश ऋषि राजभण्डारीले दुवै पक्षलाई छलफलमा झिकाउने आदेश दिएका थिए भने कानुनबमोजिमबाहेक धरपकड नगर्न–नगराउन आदेश गरेका थिए ।

अदालतको आदेश अनुसार पत्रकार दिलभुषण पाठकका साथै बिजमाण्डू र नेपाल खबरलाई सहज भाएको छ ।