नेपाल एसबीआईको नयाँ ब्याजदर सार्वजनिक, सवारी कर्जामा विशेष सुविधा

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले निक्षेप तथा कर्जाका नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर १७ सेप्टेम्बर २०२६ अर्थात् १ असोज २०८३ देखि लागू भएको हो।

बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती, आवधिक र धनवृद्धि निक्षेप, बचत खाता, कल निक्षेप, विदेशी मुद्राको निक्षेप, स्थिर ब्याजदरका कर्जा, परिवर्तनशील ब्याजदरका कर्जा तथा विभिन्न व्यावसायिक र विशेष प्रकृतिका कर्जाको नयाँ दर सार्वजनिक गरेको हो।

निक्षेपमा नयाँ ब्याजदर

व्यक्तिगततर्फ स्थिर, आवधिक तथा धनवृद्धि निक्षेपमा ३ महिनादेखि ६ महिनाभन्दा कम अवधिको निक्षेपमा वार्षिक २.८२ प्रतिशत ब्याजदर रहेको छ। ६ महिनादेखि १ वर्षभन्दा कम अवधिमा ३ प्रतिशत, १ वर्षदेखि २ वर्षभन्दा कममा ३.२० प्रतिशत, २ वर्षदेखि ३ वर्षभन्दा कममा ३.९० प्रतिशत र ३ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेपमा ४.१० प्रतिशत ब्याजदर कायम गरिएको छ।

संस्थागत, विदेशी तथा कूटनीतिक संस्थाका लागि ६ महिनादेखि १ वर्षभन्दा कम, १ वर्षदेखि २ वर्षभन्दा कम र २ वर्षदेखि ३ वर्षभन्दा कम अवधिको निक्षेपमा समान २.७५ प्रतिशत ब्याजदर रहेको छ। ३ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेपमा भने २.२५ प्रतिशत ब्याजदर तोकिएको छ।

नेपाली रुपैयाँको कल निक्षेपमा अधिकतम ०.७५ प्रतिशतसम्म ब्याजदर पाइनेछ।

विदेशी मुद्राको निक्षेप

विदेशी मुद्राको बचत निक्षेपतर्फ अमेरिकी डलरमा वार्षिक ३.१० प्रतिशत, युरोमा ०.५० प्रतिशत र पाउन्ड स्टर्लिङमा ०.५० प्रतिशत ब्याजदर रहेको छ। विदेशी मुद्राको मुद्दती निक्षेपमा व्यक्तिगत ग्राहकका लागि न्यूनतम ३ महिना र संस्थागत ग्राहकका लागि न्यूनतम ६ महिनाको अवधि तोकिएको छ। यसअन्तर्गत अमेरिकी डलरमा ३.८५ प्रतिशतसम्म, युरोमा १ प्रतिशतसम्म र पाउन्ड स्टर्लिङमा १ प्रतिशतसम्म ब्याजदर रहेको छ।

विदेशी मुद्राको कल निक्षेपमा अमेरिकी डलरमा १.५० प्रतिशत, युरोमा ०.२५ प्रतिशत र पाउन्ड स्टर्लिङमा ०.३७ प्रतिशत ब्याजदर रहेको छ।

नेपाली रुपैयाँको बचत खातामा यस्तो ब्याज

स्थानीय मुद्राका बचत खातातर्फ समृद्ध नागरिक बचत खाता र सरल बचत खातामा वार्षिक २.७५ प्रतिशत ब्याजदर रहेको छ। स्वर्णिम बचत खातामा २.७६ प्रतिशत, बचत भविष्य निधि खातामा २.७७ प्रतिशत र कर्पोरेट तलब प्याकेज खातामा २.७७ प्रतिशत ब्याजदर रहेको छ।

त्यस्तै, रक्षक बचत खातामा २.७८ प्रतिशत, एनएसबीएल बाल बचत खाता र अक्षय कोष बचत खातामा २.७९ प्रतिशत ब्याजदर तोकिएको छ। एस२ कर्मचारी बचत खाता, छोरी बचत खाता तथा अन्य सबै स्थानीय मुद्रा बचत खातामा २.८० प्रतिशत ब्याजदर रहेको छ।

स्थिर ब्याजदरका कर्जा

शैक्षिक कर्जा तथा शैक्षिक कर्जा प्लसमा ५ वर्षसम्मको अवधिका लागि स्थिर ब्याजदर ९.९९ प्रतिशत रहेको छ। ५ वर्षभन्दा बढी १० वर्षसम्मका लागि १०.४९ प्रतिशत र १० वर्षभन्दा बढीका लागि १०.९९ प्रतिशत ब्याजदर रहेको छ।

घर कर्जामा ५ वर्षसम्मका लागि ८.९९ प्रतिशत, ५ वर्षभन्दा बढी १० वर्षसम्मका लागि ९.४९ प्रतिशत र १० वर्षभन्दा बढीका लागि १०.४९ प्रतिशत स्थिर ब्याजदर तोकिएको छ।

व्यक्तिगत तथा सरकारी प्रयोजनका लागि लिइने सवारी कर्जा तथा हायर पर्चेज कर्जामा ५ वर्षसम्मका लागि ८.९९ प्रतिशत र ५ वर्षभन्दा बढी १० वर्षसम्मका लागि ९.४९ प्रतिशत ब्याजदर रहेको छ।

व्यावसायिक सवारी कर्जा तथा हायर पर्चेज कर्जामा ५ वर्षसम्मका लागि ९.९९ प्रतिशत र ५ वर्षभन्दा बढी १० वर्षसम्मका लागि १०.९९ प्रतिशत स्थिर ब्याजदर रहेको छ।

व्यक्तिगत धितो कर्जा, अवधिको कर्जा, अन्य व्यक्तिगत अवधिको कर्जा, भू–पू कर्जा, भू–पू प्लस कर्जा, आप्रवासी कामदार कर्जा तथा व्यक्तिगत विपन्न वर्ग कर्जामा ५ वर्षसम्मका लागि ९.९९ प्रतिशत, ५ वर्षभन्दा बढी १० वर्षसम्मका लागि १०.९९ प्रतिशत र १० वर्षभन्दा बढीका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदर तोकिएको छ।

अवधिको कर्जा तथा परियोजना वित्तीयकरणमा ३ वर्षसम्मका लागि ७.७५ प्रतिशत, ३ वर्षभन्दा बढी ५ वर्षसम्मका लागि ८ प्रतिशत, ५ वर्षभन्दा बढी १० वर्षसम्मका लागि ९.५० प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि पनि ९.५० प्रतिशत स्थिर ब्याजदर रहेको छ।

परिवर्तनशील ब्याजदरका कर्जा

शैक्षिक कर्जा तथा शैक्षिक कर्जा प्लसमा आधारदरमा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म थप ब्याजदर लाग्नेछ। घर कर्जामा आधारदरमा ०.५० प्रतिशतदेखि २.५० प्रतिशतसम्म थप ब्याजदर कायम गरिएको छ।

सवारी कर्जा तथा हायर पर्चेज कर्जातर्फ सवारीको प्रकृतिअनुसार ब्याजदर फरक हुनेछ।

  • व्यक्तिगत विद्युतीय सवारीमा आधारदरमा ०.२५ प्रतिशतदेखि २.२५ प्रतिशतसम्म थप
  • व्यक्तिगत इन्धनचालित सवारीमा आधारदरमा ०.५० प्रतिशतदेखि २.५० प्रतिशतसम्म थप
  • सरकारी प्रयोजनको विद्युतीय सवारीमा आधारदरमा ०.२५ प्रतिशतदेखि २.२५ प्रतिशतसम्म थप
  • सरकारी प्रयोजनको इन्धनचालित सवारीमा आधारदरमा ०.५० प्रतिशतदेखि २.५० प्रतिशतसम्म थप
  • व्यावसायिक विद्युतीय सवारीमा आधारदरमा १ प्रतिशतदेखि ३ प्रतिशतसम्म थप
  • व्यावसायिक इन्धनचालित सवारीमा आधारदरमा १ प्रतिशतदेखि ३ प्रतिशतसम्म थप

व्यक्तिगत धितो कर्जा, अवधिको कर्जा तथा अन्य व्यक्तिगत अवधिको कर्जामा आधारदरमा ०.५० प्रतिशतदेखि २.५० प्रतिशतसम्म थप ब्याजदर लाग्नेछ। भू–पू कर्जा, भू–पू प्लस कर्जा तथा आप्रवासी कामदार कर्जामा आधारदरमा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म थप हुनेछ।

व्यक्तिगत विपन्न वर्ग कर्जामा पनि आधारदरमा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म थप ब्याजदर रहेको छ। अवधिको कर्जा तथा परियोजना वित्तीयकरणतर्फ ग्राहकको वर्गअनुसार ब्याजदर फरक हुनेछ। कर्पोरेट तथा मध्यम कर्पोरेट ग्राहकका लागि आधारदरमा बढीमा २ प्रतिशतसम्म थप, प्राथमिकताप्राप्त ग्राहकका लागि १ प्रतिशतदेखि ३ प्रतिशतसम्म थप र अन्य ग्राहकका लागि २ प्रतिशतदेखि ४ प्रतिशतसम्म थप ब्याजदर लाग्नेछ।

व्यावसायिक तथा व्यवसायिक कर्जा

चालु पुँजी तथा नगद कर्जा, ट्रस्ट रिसिप्ट, छोटो अवधिको माग कर्जा, अवधिको कर्जा तथा परियोजना वित्तीयकरण र बहुराष्ट्रिय कम्पनीको चालु पुँजी तथा नगद कर्जामा ग्राहकको वर्गअनुसार ब्याजदर निर्धारण गरिएको छ।

कर्पोरेट तथा मध्यम कर्पोरेट ग्राहकका लागि आधारदरमा बढीमा २ प्रतिशतसम्म थप, प्राथमिकताप्राप्त ग्राहकका लागि १ प्रतिशतदेखि ३ प्रतिशतसम्म थप र अन्य ग्राहकका लागि २ प्रतिशतदेखि ४ प्रतिशतसम्म थप ब्याजदर लाग्नेछ।

विदेशी मुद्राको कर्जाअन्तर्गत आयातपूर्व तथा आयातपछिको कर्जाको ब्याजदर सम्झौताअनुसार तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रहनेछ। मुद्दती निक्षेप रसिदविरुद्धको कर्जामा मुद्दती निक्षेपको ब्याजदरमा बढीमा २ प्रतिशतसम्म थप वा आधारदरमध्ये जुन बढी हुन्छ, सोही दर लागू हुनेछ।

लघुवित्त संस्थाका लागि विपन्न वर्ग कर्जामा आधारदरमा बढीमा २ प्रतिशतसम्म थप ब्याजदर लाग्नेछ। योग्य संस्थाका लागि गैरबैंकिङ वित्तीय संस्थालाई प्रदान गरिने विपन्न वर्ग कर्जामा आधारदरमा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म थप ब्याजदर रहेको छ।

खुद्रा क्षेत्रको विपन्न वर्ग कर्जामा आधारदरमा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म थप ब्याजदर लाग्नेछ। व्यक्तिगत कर्जा तथा ओभरड्राफ्टमा आधारदरमा १ प्रतिशतदेखि ३ प्रतिशतसम्म थप ब्याजदर रहेको छ।

एसएमई कर्जा तथा एनएसबीएल सरल कर्जाअन्तर्गत लघु, साना तथा मझौला उद्यमका प्राथमिकताप्राप्त ग्राहकका लागि आधारदरमा बढीमा २ प्रतिशतसम्म थप र अन्य ग्राहकका लागि २ प्रतिशतदेखि ४ प्रतिशतसम्म थप ब्याजदर लाग्नेछ।

एनएसबीएल कृषक साथी कर्जामा आधारदरमा बढीमा २ प्रतिशतसम्म थप ब्याजदर रहेको छ। सेयर धितो तथा मार्जिन कर्जामा आधारदरमा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म थप ब्याजदर लाग्नेछ।

सरकारी तथा अन्य ऋणपत्र धितो कर्जामा आधारदरबाट बढीमा २ प्रतिशत घटाइएको दर वा लागू आधारदरमध्ये जुन बढी हुन्छ, सोही दर लागू हुनेछ। सुन कर्जामा आधारदरमा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म थप ब्याजदर रहेको छ।

विदेशी मुद्रामा प्रतितपत्रको भुक्तानीका लागि प्रदान गरिने कर्जामा सम्झौता वा सन्दर्भ बजारदरमा प्रिमियम थप गरी ब्याजदर निर्धारण हुनेछ।

आधारदर र ब्याजदर अन्तर

नेपाल एसबीआई बैंकको पछिल्लो तीन महिनाको औसत आधारदर ५.१४ प्रतिशत रहेको छ। २०८३ साउनका लागि बैंकको आधारदर ५.०५ प्रतिशत रहेको छ भने सो अवधिको ब्याजदर अन्तर ३.२७ प्रतिशत रहेको छ।

बैंकका अन्य महत्वपूर्ण सर्त

बैंकले जबरजस्ती कर्जामा प्रकाशित ब्याजदरभन्दा जोखिम प्रिमियमका आधारमा फरक ब्याजदर लागू हुन सक्ने जनाएको छ। कन्सोर्टियम कर्जाको ब्याजदर भने कन्सोर्टियम बैठकबाट निर्धारण हुनेछ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सामान्य विपन्न वर्ग कर्जाअन्तर्गत तोकिएका क्षेत्रलाई ब्याजदरमा छुट प्रदान गरिनेछ। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२ अन्तर्गत प्रदान गरिने कर्जामा आधारदरमा बढीमा १.५० प्रतिशतसम्म थप ब्याजदर लाग्नेछ।

निष्क्रिय कर्जा खातामा लागू हुने ब्याजदर फरक हुन सक्नेछ। भुक्तानी मिति नाघेको रकममा वार्षिक २ प्रतिशत थप जरिवाना ब्याज लाग्नेछ। थप प्रावधान आवश्यक पर्ने कर्जामा प्रकाशितमध्ये सबैभन्दा उच्च प्रिमियम दरसम्म जोखिम प्रिमियम लिन सकिने बैंकले जनाएको छ।

आयात प्रतितपत्रअन्तर्गतका बिल तथा अन्य जबरजस्ती कर्जामा प्रकाशितमध्ये सबैभन्दा उच्च ब्याजदर लागू हुनेछ। रेमिट्यान्स निक्षेपमा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार प्रकाशित कार्डदरभन्दा १ प्रतिशत बिन्दु बढी ब्याजदर लागू हुनेछ।

संस्थागत मुद्दती निक्षेपमा ६ महिना पूरा नभएसम्म समयअगावै भुक्तानी सुविधा उपलब्ध हुने छैन। धनवृद्धि योजनाअन्तर्गतको मुद्दती निक्षेप ६ महिना वा सोभन्दा बढी अवधिका लागि मात्र स्वीकार गरिनेछ।

चाडपर्व अभियानमा सवारी कर्जामा विशेष ब्याजदर

नेपाल एसबीआई बैंकले १२ अगस्ट २०२६ देखि १५ डिसेम्बर २०२६ सम्म सञ्चालन गरेको चाडपर्व अभियानअन्तर्गत बुकिङ वा स्वीकृत भएका व्यक्तिगत तथा सरकारी प्रयोजनका सवारी कर्जामा विशेष स्थिर ब्याजदर लागू गरेको छ।

यसअन्तर्गत ५ वर्षे भुक्तानी अवधिको कर्जामा ६.९९ प्रतिशत र ७ वर्षे भुक्तानी अवधिको कर्जामा ७.९९ प्रतिशत स्थिर ब्याजदर कायम गरिएको छ। बैंकले अन्य निक्षेप तथा कर्जा योजनामा लागू हुँदै आएको ब्याजदर भने यथावत् रहने जनाएको छ।