राजा फर्काउने अभियान लिई काठमाण्डौको तीनकुनेमा आन्दोनलमा आगलागीमा परी मृत्यु भएका स्व पत्रकार सुरेश रजकको परिवारलाई रास्वपाले आफ्नो तेस्रो स्थापना दिवसमा ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र सदस्य जगदीश खरेलले परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका थिए।