यो साताको पहिलो कारोबार दिन आज मंगलबार शेयर बजार बढेको छ।
नेप्से परिसूचक ७.८५ अंकले बढेर २६५४.२८ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन २२.८५ अंकले बढेर २६४७.२२ बिन्दुमा पुगेको थियो। हिजो सोमबार प्राविधिक समस्याका कारण शेयर बजारमा कारोबार भएको थिएन।
आज परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। आज कारोबार बढेर रकम ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रुपैयाँ पुगेको छ। शुक्रबार ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार हजार रुपैयाँको कारोबार भएको थियो।
आज क वर्गका कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.७१ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंकले बढेको छ।
कुल ३५६ स्टकको ७० हजार ६ सय ९१ पटकको कारोबारमा २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता शेयर खरिदबिक्री भएका छन्। मिड सोलु हाइड्रोपावर शेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको स्टक एक्सचेञ्जले जनाएको छ ।
