कालीगण्डकी करिडोर बन्द

कालीगण्डकी गाउँपालिका–१ स्थित हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा गएको सुख्खा पहिरोले करिडोर पूर्णरुपमा अवरुद्ध छ । जसका कारण आधा दर्जन मालवाहक सवारी साधन बीच बाटोमै रोकिएका छन् भने आवागमन प्रभावित भएको छ ।

जसका कारण स्थानीयलाई स्याङ्जा, बाग्लुङ, पर्वतको वैकल्पिक मार्ग गन्तव्य पुग्नुपर्ने बाध्यता छ । जिल्ला प्रहरी कार्यालय, गुल्मीले पहिरो हटाउने काम भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार कालिका कन्ट्रक्सन र प्रहरीले संयुक्त रुपमा पहिरो हटाइरहेको छ ।