गत बुधबारदेखि जारी झरी थामिएसँगै काठमाडौँ उपत्यकाको मौसममा सुधार आउन थालेको छ ।
आज आइतबार बिहान केही समय पानी परे पनि दिउँसोदेखि आकाश खुल्दै गएको छ । झरी पार्ने बादल हटेसँगै काठमाडौँको आकाशमा छिटपुट बादल मात्रै देखिएको छ ।
तत्काल काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना न्यून रहेको छ ।
झरीपछि खुलेको आकाशसँगै उपत्यकाका विभिन्न स्थानमा चहलपहलसमेत बढेको छ ।
नीति365की पाठक समिता लुइटेल न्यूरोड-बसन्तपूर पुग्दा खिचेको फोटोहरु-
