यो साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।
आज नेप्से परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन ११.७७ अंकले बढेर २६२९.२८ बिन्दुमा पुगेको थियो।
आज कारोबार रकम ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार रुपैयाँको करोबार भएको थियो।
सेन्सेटिभ इण्डेक्स १.३४ अंक, फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अंकले घटेको छ।
आज ७ प्रतिशत लक्ष्मी सनराइज डिबेन्चर २०९२ को शेयर मूल्य १५ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको ३५ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
कुल ३५७ स्टकको ५८ हजार ५ सय पटकको कारोबारमा १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर खरिदबिक्री भएका छन्।
कारोबारमा आएको १ उपसमूहको परिसूचक बढेको छ। १२ उपसमूहको परिसूचक घटेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.२० प्रतिशत घटेको छ।
लगानीकर्ताले २०७८ भदौ २ गते कायम भएको हालसम्मकै उच्च ३ हजार १९९.०३ बिन्दुको कीर्तिमान पुनः पार हुने प्रतीक्षा गरिरहेका छन्।
२०८१ साउन ३१ गते नेप्से परिसूचक ३ हजार ०.८१ बिन्दुसम्म पुगेको थियो। त्यसपछि उतारचढावमा रहेको बजार २०८२ साउन १३ गते पुनः ३ हजार २.०८ बिन्दुमा पुगेको थियो।
