नेपाल र अस्ट्रेलियाबीच आपसी हितमा काम हुने:बालेन र अर्न्स्टबीच भेट

  • Clock icon
    २०८३ आश्विन १५, बिहीबार

प्रधानमन्त्री वालेन्द्र शाह-बालेन र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच भेटवार्ता भएको छ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत अर्न्स्टबीच भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा दुई देशको आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले यसअघि भारत, अमेरिकालगायतका देशका राजदूतसँग एक्लाएक्लै भेटवार्ता गरेका थिए।

 

  • Clock icon
    २०८३ आश्विन १५, बिहीबार