बजेट सम्बन्धमा नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा भन्छन् – “हामी बुद्धका अनुयायी हौँ भनेर गर्व गर्छौं । तर उहाँका मूल्य, त्याग, समवेदना र विवेक आजको राज्यसत्ताबाट हराउँदै छन्। मुगुदेखि मधेस, कर्णालीदेखि पहाडसम्म सबै नागरिक समान सेवा र अधिकारका हकदार हुन्। पाँच जिल्लाले मात्र शासन चल्दैन ७७ वटै जिल्लाका जनता न्याय, विकास र सम्मानका लागि समान छन्। बजेट समन्यायिक हुनुपर्छ, विभेदले जनताको भरोसा मर्छ। अब विवेक बोल्नुपर्छ, बजेट जनताको बनोस्।