कांग्रेस महाधिवेशन : युवाको उचित प्रतिनिधित्व खोज्दै प्रतिनिधिहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछि पार्टीमा युवाहरूको प्रतिनिधित्व बढ्ने विश्वास अधिकांश सहभागी प्रतिनिधिहरूले व्यक्त गरेका छन्।

आइतबार काठमाडौंमा सुरु भएको महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले पार्टीलाई नयाँ पुस्ताको सोच र नेतृत्वसँग जोड्न युवाहरूको सहभागिता र प्रतिनिधित्व बढाउनुपर्ने धारणा राखेका छन्।

उनीहरूले बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीको संगठन र नेतृत्वमा युवा पुस्तालाई थप अवसर दिनुपर्ने बताएका छन्।

महाधिवेशनबाट युवा पुस्ताको उल्लेख्य सहभागिता हुने र त्यसले पार्टीलाई नयाँ ऊर्जा तथा गति दिने विश्वास सहभागी प्रतिनिधिहरूको छ।