फागुन २०२६ । राजा महेन्द्रका छोरा युवराज वीरेन्द्रको विवाह हुँदैछ भनेर गाउँभरि हल्लिखल्ली थियो। राजालाई ‘भगवान् विष्णुको अवतार’ मानिने समय। ‘विष्णुको अवतारका छोरा’, ‘भविष्यका विष्णुको अवतार’को विवाह हेर्न धेरै मानिस लालायित थिए। ‘जीउँदैमा तर्पण दिनुपर्ने मान्छे पो हो त राजा भनेको,’ पुरोहितहरू समूहसमूहमा भनिरहेका हुन्थे।
हाम्रो गाउँ पञ्चायत माङ्खा (सिन्धुपाल्चोक जिल्ला) का प्रधानपञ्च पद्मलाल चौलागाईं हुनुहुन्थ्यो र सचिवचाहिँ मेरा बुवा पशुपतिनाथ कोइराला। उहाँहरूबिच युवराजको विवाह हेर्न जाने भनेर सल्लाह भएछ।
यो कुरा थाहा पाउनेबित्तिकै गाउँकै स्कुल कूपकन्याका प्रधानाध्यापक केशवप्रसाद पौडेलले पनि जाने निधो गर्नुभयो। मचाहिँ त्यतिबेला बाह्रबिसेस्थित शारदा माविमा पढ्थेँ। त्यही स्कुलमा पढ्ने नारायण तिमल्सिना, कृष्ण चौलागाईं, मोहनाथ पराजुली र म पनि युवराजको बिहे हेर्न जाने टोलीमा सामेल हुने भयौँ।
त्यसबेला काठमाडौँ जानुलाई ‘नेपाल जाने’ भन्ने चलन थियो। गाउँबाट काठमाडौँ धेरै टाढा थिएन। दुई घण्टाजति हिँडेपछि लामोसाँघु बजार पुगिन्थ्यो।
केही महिनाअगाडि मात्रै गाउँकै देवीदत्त पौडेल र आत्माराम पराजुलीले बराबरी पैसा तिरेर काठमाडौँमा घर किनेका र त्यो घर आत्मारामको नाममा पास गरेको भन्ने खबर गाउँभरि फैलिएको थियो। प्रधानपञ्च र बुवाले बिहे हेर्न जाँदा त्यहीँ गएर बस्ने सल्लाह गर्नुभएछ। प्रधानाध्यापक केशव पौडेल त झन् देवीदत्तका आफ्नै भाइ र आत्मारामका भान्जा हुनुहुन्थ्यो।
पहिलोपटक ‘नेपाल’
त्यसबेला काठमाडौँ जानुलाई ‘नेपाल जाने’ भन्ने चलन थियो। गाउँबाट काठमाडौँ धेरै टाढा थिएन। दुई घण्टाजति हिँडेपछि लामोसाँघु बजार पुगिन्थ्यो। त्यहाँबाट ८० किलोमिटर बसमा गएपछि काठमाडौँ पुगिन्थ्यो। भाडा सात रुपैयाँ ५० पैसा लाग्थ्यो।
सहर जाँदा घरबाटै सामल लिएर जाने त्यो बेलाको चलन थियो। सामलतुमलसहित हामी बागबजारको बसपार्कमा ओर्लियौँ। ओर्लिनेबित्तिकै एउटा ठुलो भाँडाभित्र रङ्गीन कपासको गुजुल्टोजस्तो देखिने सामान बोकेर घन्टी बजाउँदै ‘बम्बेलड्डु, मात्रै पाँच पैसा’ भन्दै कराउँदै हिँडिरहेको मानिस देखेँ।
निकै मिठो कुरा हो कि के हो भन्ने सोचेर मुख मिठ्याएँ, जिब्रो हल्लाएँ, र्यालले मुख भरियो। बुवाले थाहा पाउनुभएछ।
‘त्यो खान मन लाग्योरु’ सोध्नुभयो।
एउटा कोठाको छेउमा पुगेर यसो भित्र हेरेको त एउटा ठुलो न ठुलो, लामो सर्प मतिरै आउँदै गरेको देखेँ। म ज्यान हत्केलामा राखेर भागेँ।
मैले ‘हो’ को अर्थमा टाउको हल्लाएँ। त्यसपछि त सबैले खाने इच्छा देखाउनुभयो। सबैजनाले बम्बेलड्डु मागेर मुखमा हाल्यौँ।
मुखमा हाल्ने बेलामा त कपासको ठुलै जिनिसजस्तो देखिन्थ्यो। तर मुखभित्रै पुग्न नपाई बिलाउँदो रहेछ। स्वादचाहिँ गुलियो हो कि जस्तो मात्रै थियो।
बुवाले भन्नुभयो, ‘नेपाल खाल्डोले बागबजारमा बसबाट ओर्लिनेबित्तिकै ३५ पैसा स्वाहा बनायो।’
सबै एकपटक हाँसे।
बेलुका हामी देवीदत्तको घरमा पुग्यौँ। उहाँलाई म ठुलाबुवा भन्थेँ। ठुलीआमालाई चाहिँ मैले पहिलोपटक देखेँ। उहाँ केही महिनाअगाडि मात्रै विवाह गरेर त्यो घरमा आउनुभएको कुरा मैले त्यहाँ पुगेपछि मात्रै थाहा पाएँ। आत्मारामलाई भने म काका भन्थेँ। उहाँ बस्ने कोठा बेग्लै तलामा भएकाले धेरै भेटघाट र गफ भएन।
युवराजको विवाह दुई दिनपछि थियो। त्यसैले हामीलाई घुमघाम गर्ने फुर्सद भयो।
म त सबैभन्दा सानो मान्छे। सबै कुरा थाहा हुँदैनथ्यो। अझ भनौँ, थाहा दिइँदैनथ्यो। मसँग सल्लाह पनि गरिँदैनथ्यो, म केही सल्लाह दिन पनि सक्दिनथेँ। मैले सक्ने कुरा भनेको बुवा र अरू हिँडेपछि पछिपछि चुपचाप दौडने मात्रै थियो।
यत्रो मान्छे आउने ठाउँमा पनि सर्प बाहिर आउन सक्ने गरेर राखेको हुन्छ तरु त्यो त सिसाभित्र पो छ।
फुर्सदको पहिलो दिन जावलाखेलको चिडियाखाना हेर्न जाने कुरा भएछ। चिडियाखानामा भित्र पस्न ठुलो मान्छेलाई २० पैसा र सानो मान्छेलाई १० पैसा तिर्नुपर्ने रहेछ। मेरा लागि १० पैसा तिरे पुग्यो।
भित्र घुमेर हेर्ने ठाउँ अनि कोठामा थुनेर राखेका जङ्गली जनावरहरू देखेर म छक्कै परेँ। सिंह, भालु, बाघजस्ता डरलाग्दा जनावरलाई मैले परैबाट हेरेँ।
‘त्यत्रा ठुला प्राणी फलामका डन्डीहरू भाँचेर पनि आउन सक्छन्१’ मैले सोचेँ।
एउटा कोठाको छेउमा पुगेर यसो भित्र हेरेको त एउटा ठुलो न ठुलो, लामो सर्प मतिरै आउँदै गरेको देखेँ। म ज्यान हत्केलामा राखेर भागेँ।
बुवा पछिपछि दगुर्दै आएर मेरो हात समात्नुभयो।
‘सर्पले टोक्न आयो,’ मैले भनेँ।
बुवाले भन्नुभयो, ‘यत्रो मान्छे आउने ठाउँमा पनि सर्प बाहिर आउन सक्ने गरेर राखेको हुन्छ तरु त्यो त सिसाभित्र पो छ।’
त्यसपछि डराईडराई गएर त्यो सर्पलाई अलि परै बसेर हेरेँ।
त्यहाँ हामीले दुम्सी, बाँदर, स्याल, मृग, हात्ती, गैंडा, वनघोडासहित विभिन्न जनावर र चराहरू हेर्यौँ। बाघ, भालु, सर्पजस्ता प्राणीहरू देख्दा चाहिँ मलाई डर लागिरहेकै थियो।
राति सपनामा कराएको कुरा ठुलीआमाले थाहा पाउनुभएछ। बुवाले भन्नुभएको हो कि, त्योचाहिँ थाहा भएन।
बेलुका देवी ठुलाबुवाको घरमा गएर खाना खाएर सुतियो। दिनभरिको हिँडाइको थकाइले सबै भुसुक्क निदाए, म पनि निदाएँ।
‘बाघ आयो, सर्प पनि यतै आयो, स्याल झन् दौडेर आयो। मृगहरू, जरायोहरू त भागे। बाँदरहरू पनि उफ्रेर रूखमा चढे। बचाऊ, बचाऊ!’ म भन्दै रहेछु। बुवाले शरीर हल्लाएर बोलाउनुभयो। म बिउँझिएँ। मैले सपनामा बोलेको कुरा सुनाउँदै बुवाले सोध्नुभयो, ‘के भयो?’
बुवाको प्रश्नमा लाज मान्दै भनेँ, ‘सपनामा चिडियाखाना गएछु।’
‘ल, चुप लागेर नडराई सुत्,’ बुवाले भन्नुभयो।
अचम्मको ‘बोल्ने फोटो’
फुर्सदको अन्तिम दिन। राति सपनामा कराएको कुरा ठुलीआमाले थाहा पाउनुभएछ। बुवाले भन्नुभएको हो कि, त्योचाहिँ थाहा भएन।
‘के छ बाजे, हालखबर ?’
ठुलीआमाले मलाई जिस्क्याएर ‘बाजे’ भन्नुभयो। म केही बोलिनँ, हाँसेँ मात्रै।
ठुलीआमाले खाना बनाएर खुवाएपछि ठुला मान्छेहरूले सिनेमा हेर्न जाने योजना बनेको थाहा पाएँ। मैले सिनेमा हुन्छ रे, फोटोहरू पनि बोल्छन् रे भन्नेसम्म सुनेको थिएँ, तर देखेको थिइनँ।
एउटा प्वालजस्तो ठाउँबाट हात छिराएर टिकट लिएपछि हामी हलभित्र पस्यौँ। अगाडिको भित्तामा सेतो लुगा टाँगेजस्तो थियो।
त्यस्तो अचम्मको कुरा देख्न पाइने भयो भनेर मन त हावामा कपास उडेजसरी उड्यो, भुमरीमा परेर सुकेको पात नाचेजसरी नाच्यो।
‘ल, हिँड सबै,’ प्रधानपञ्च पद्मलालले आदेश दिनुभयो।
अनि हामी सातजना बागबजार, रत्नपार्क, न्युरोड हुँदै रञ्जना सिनेमा घर पुग्यौँ।
त्यहाँ पुग्दा टेकानपुरका चन्द्रबहादुर बोहरा फिल्म हेरेर बाहिर निस्कँदै हुनुहुँदोरहेछ। उहाँ बाह्रबिसेमा एउटै कक्षामा पढ्ने साथी भीमसेन बोहराका बुवा भएकाले मैले चिनेको थिएँ।
‘सिनेमा राम्रो छ,’ उहाँले भन्नुभयो।
अरूले के सोचे थाहा भएन, मचाहिँ राम्रो सिनेमा हेर्न पाइने भयो भनेर खुसी भएँ।
एउटा प्वालजस्तो ठाउँबाट हात छिराएर टिकट लिएपछि हामी हलभित्र पस्यौँ। अगाडिको भित्तामा सेतो लुगा टाँगेजस्तो थियो। त्यहाँ मान्छेहरू फुत्त आउने, बोल्ने, कहिले हाँस्ने, कहिले रिस गरेर पिटौँलाजस्तो गर्ने गर्न थाले। एकैजनाले धेरै जनालाई ड्याङ् कि ड्याङ् पिट्ने र पछार्ने पनि गरे। गीत गाउँदै घुमीघुमी नाचेको पनि देखेँ।
म त छक्कै परेँ। बीचबीचमा अरूले ताली बजाए अनि मैले पनि ताली बजाएँ। अरूले के बुझेर ताली बजाए मलाई थाहा भएन। मैले चाहिँ अरूले बजाएको देखेर मात्रै बजाएको थिएँ।
निकै पछि मलाई थाहा भयो, त्यसअघि नै ‘आमा’, ‘माइतीघर’ र ‘हिजो आज भोलि’ जस्ता सिनेमा नेपालमै बनिसकेका रहेछन्।
तिनीहरूले गफ गर्दा के भने, गीत गाउँदा के भनेका हुन्, मैले केही बुझिनँ।
‘यस्तो नबुझिने भाषा किन बोलेको तिनीहरूलेरु’ मैले बुवासँग सोधेँ।
बुवाले भन्नुभयो, ‘यो भारतमा बनाएको सिनेमा हो, त्यसैले भारतकै भाषा बोलेको।’
मसँगै सिनेमा हेर्न गएका अरूले मैले जस्तै नबुझेका हुन सक्ने अनुमान गरेँ। त्यति मात्रै होइन, मैलेभन्दा अगाडि नै सिनेमा हेरेका मेरा साथीका बुवाले पनि केही नबुझेर त्यत्तिकै राम्रो भनिदिनुभएको हुन सक्ने शङ्का गरेँ। तर यो कुरा मैले मनमै राखेँ, कसैलाई भनिनँ।
बोलेका कुरा र गीत बुझिने भाषामा भइदिएको भए कति राम्रो हुन्थ्यो भनेर बुवासँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो, ‘भए त हुने थियो, तर अहिलेसम्म नेपाली भाषामा यस्तो सिनेमा बनेको मलाई थाहा छैन।’
निकै पछि मलाई थाहा भयो, त्यसअघि नै ‘आमा’, ‘माइतीघर’ र ‘हिजो आज भोलि’ जस्ता सिनेमा नेपालमै बनिसकेका रहेछन्।
हात्तीमा बेहुला
१६ फागुन। युवराज वीरेन्द्रको विवाहको दिन। त्यही विवाह हेर्न भनेर नै हामी ‘नेपाल खाल्डो’ पुगेका थियौँ। बिहानको खाना खाएर सातैजना ठुलाबाको घरबाट निस्कियौँ।
‘विदेशबाट ल्याएको गाडी चढेर होइन, आफ्नै देशको हात्तीमा चढेर दुलही लिन जाने’ भनेर युवराजले भने रे। रेडियोले भन्दै थियो, पत्रिकाहरूले लेखेका थिए।
रोमाञ्चकारी दृश्य हेर्दै सबैतिरबाट मानिसहरूले ताली बजाए। कर्तलध्वनि गुञ्जियो। वातावरण नै उल्लासमय बन्यो।
अरूको हो र, युवराजकै विवाह१ जुनसुकै सडकका पेटीहरूमा मानिसको भिड देखिन्थ्यो। जता हेरे पनि मानिस नै मानिस। लुगाहरू पनि कस्ता नि१ ऊभन्दा ऊ राम्रो देखिने अनि ऊभन्दा अर्को झन् राम्रो देखिने।
सबै मानिसमा राजतन्त्रप्रति अगाध र अटल श्रद्धाभाव देखिन्थ्यो। उनीहरूको मनमा पनि त्यस्तै होला भन्ने अनुमान गर्न सकिन्थ्यो। उनीहरूको मुहारको आभा हेर्दा काठमाडौँ उपत्यका नै प्रकाशमय, झलमल्ल भएको जस्तो भान हुन्थ्यो।
‘सवारी आयो! सवारी आयो!’
सबै कराए। सबैका आँखा एकोहोरिए।
हो नि त, रङ्गीविरङ्गी आभूषणहरूले सजिएको चम्किलो ज्योतिजस्तो देखिने हात्ती आएछ। त्यो हात्तीमाथि बेहुला बनेका युवराज वीरेन्द्र रहेछन्। उनी सडकका पेटीभरि जताततै बसेर प्रतीक्षा गरिरहेका मानिसहरूलाई हात जोडेर अभिवादन गरिरहेका थिए। हात्तीका पछाडि सजिएका गाडीमोटरहरू थिए।
यो रोमाञ्चकारी दृश्य हेर्दै सबैतिरबाट मानिसहरूले ताली बजाए। कर्तलध्वनि गुञ्जियो। वातावरण नै उल्लासमय बन्यो।
मेरो केटाकेटी मनमा पनि ठुलाबुवा र ठुलीआमाप्रति बसेको आदर र सद्भाव पछिसम्म रहिरह्यो।
मैले पनि हातै रातो हुने गरी निरन्तर ताली बजाइरहेँ।
ल, सिद्धियो युवराजको विवाह। हामी ठुला मान्छे थिएनौँ, जनता थियौँ। त्यसैले जनताले परैबाट हेर्नुपर्ने थियो, हेरिसकेका पनि थियौँ।
प्रधानपञ्च, बुवा र प्रधानाध्यापक धेरै वर्षपछि राजधानी सहर आउनुभएको रहेछ। उहाँहरूले लुगाफाटा, मरमसला र अरू आवश्यक सामान पनि किनमेल गर्नुभयो।
मैले बुवासँग एउटा रबरको भकुन्डो मागेँ। बुवाले किनिदिनुभयो। साह्रै खुसी भएँ। र हामी ठुलाबाको घरमा फर्कियौँ।
गाउँ फर्कने अघिल्लो दिन बेलुका देवी ठुलाबाले राति अबेरसम्म गफ गर्नुभयो। यसरी धेरै दिन आफ्नो घरमा राखेर खानपिन गराएर सहयोग गर्नुभएकोमा मभन्दा ठुला मानिसहरूले ठुलाबुवा र ठुलीआमालाई धेरैधेरै धन्यवाद दिनुभयो। मेरो केटाकेटी मनमा पनि ठुलाबुवा र ठुलीआमाप्रति बसेको आदर र सद्भाव पछिसम्म रहिरह्यो।
फर्केर हेर्दा
२०६२-०६३ को जनआन्दोलनपछि नेपालमा राजाको प्रत्यक्ष शासन सकियो। राजसंस्था र राजपरिवारप्रति त्यस्तो सद्भाव र भक्तिभाव देखाउने त्यसबेलाको नेपाली समाजमा पछि राजसंस्था र राजपरिवारप्रति त्यति धेरै असन्तोष किन बढ्योरु उत्तर खोज्दा अनेक कुरा सम्झनामा आउँछन्।
नेपालका पुरातात्विक महत्त्वका मन्दिर, चैत्य आदिका पुराना मूर्तिहरू बाहिरिने तथा बिक्री हुने, चेलीबेटी बेचबिखन हुने, बलात्कार र हत्याका घटनामा समेत दरबार वा दरबारनिकट मानिसको हात रहेको भन्ने चर्चा र शङ्का त्यसबेला चल्थे। दसी वा प्रमाण खोज्न सहज थिएन। त्यसैले के प्रमाणित कुरा हो र के जनमानसमा चलेको शङ्का मात्रै थियो, छुट्याउन गाह्रो थियो। तर त्यस्तै कुराले मानिसका मनमा दरबारप्रतिको विश्वास कमजोर बनाउँदै लगे जस्तो मलाई लाग्छ।
राजदरबारका सदस्यदेखि सेना, प्रहरी, राजनीति र कर्मचारी संयन्त्रका उच्च व्यक्तिसम्मलाई जोडेर अनेक शङ्का गरिन्थे।
राजदरबार र त्यसनजिकका अन्य दरबारमा काम गर्ने मानिसहरूको चुरीफुरी अर्कै हुन्थ्यो भन्ने चर्चा चल्थ्यो। राजदरबारका सदस्यदेखि सेना, प्रहरी, राजनीति र कर्मचारी संयन्त्रका उच्च व्यक्तिसम्मलाई जोडेर अनेक शङ्का गरिन्थे।
कानुनी रूपमा के प्रमाणित भयो वा भएन भन्ने आफ्नो ठाउँमा थियो, तर जनमानसमा शङ्का फैलिँदै गएको कुराको साक्षी थिएँ। भक्तपुर दरबारमा रहेको भूपतिन्द्र मल्लको सालिक उक्काउन सहरभरि बिजुली बत्ती निभाएर क्रेनसहित एउटा समूह गएको र त्यहाँका प्रहरी प्रमुखले नमानेपछि उनलाई समस्यामा पार्न खोजिएको भन्ने चर्चा पनि राजदरबारका सदस्यसँग जोडिएर चलेको थियो। त्यो सत्य थियो कि थिएन, तर राजाभन्दा पनि राजाका नातेदार र दरबारिया आसेपासेको शक्तिबाट त्यस्तो भएको हो भन्ने धारणा धेरै मानिसबिच फैलिएको थियो।
१९ जेठ २०५८ मा आधुनिक शस्त्रअस्त्रले सुसज्जित सैनिकहरूको पूर्ण सुरक्षाभित्र रहेका राजा वीरेन्द्रको वंशनाश भयो। त्यसपछि राजदरबार र त्यससँग नजिक रहेका शक्तिशाली व्यक्तिहरूप्रति झन् धेरै प्रश्न र शङ्का उठे।
अहिले फर्केर हेर्दा यस्तै घटना, चर्चा र शङ्काले नेपालीहरूको मनमा राजसंस्था र राजपरिवारप्रतिको भाव बदलिँदै गएको थियो कि जस्तो लाग्छ।
(कोपिलाको संस्मरण पुस्तक ‘उसको अतीत’ १९ असोज २०८३ मा सार्वजनिक हुँदैछ।)
नेपाल न्यूजबाट साभार