जनकपुरमा २ जनालाई चक्कु प्रहार:एकको मृत्यु अर्का गम्भीर घाइते

  • Clock icon
    २०८३ आश्विन २३, शुक्रबार

धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। अर्का एक युवक गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफी छन्।

चक्कु प्रहारबाट २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालका अनुसार उपचारका क्रममा साफीको प्रादेशिक अस्पताल जनकपुरमा हिजो बिहीबार राती मृत्यु भएको हो। छुरा प्रहारबाट गम्भीर घाइते भएका राइनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

उनीहरुलाई चक्कु प्रहार गरेको आरोपमा जनकपुरकै २२ वर्षीय मोहम्मद इर्साद खान पक्राउ परेका छन्।

पुरानो रिसइबीका कारण उनले अमिन र इन्तियाजलाई चक्कु हानेको पाइएको डीएसपी खनालले बताए।

उनले दुवैmलाई छाती र पेटमा चक्कु प्रहार गरेको पाइएको र आरोपी खानलाई तुरन्तै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको खनालले बताए।