नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मत गणना आज सोमबारदेखि हुँदै छ।
गए आइतबार राति उपसभापति र महामन्त्री पदको अन्तिम मत परिणाम सार्वजनिकपछि आज बिहान ८ बजे केन्द्रीय सदस्यको पदको मत गन्न लागिएको हो।
सुरुमा नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यका उम्मेदवार ९मतपत्र नं। २१० को मत गणना गरिने कांग्रेसले जनाएको छ।
मत गणना नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बीपी. नगरमा हुनेछ।
केन्द्रीय सदस्यको उम्मेदवारको हकमा उम्मेदवार स्वंयबाहेक प्रतिनिधिको व्यवस्था नभएको जानकारी पनि कांग्रेसले गराएको छ।
