हिमालयन लाइफको कार्यवाहक सीईओमा कवि फुयाँल

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कवि फुयाँल नियुक्त भएका छन्।

कम्पनीको असोज १३ गते बसेको सञ्चालक समिति बैठकले फुयाँललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। असोज २६ गतेदेखि लागू हुने गरी उनलाई वरिष्ठ नायब कार्यकारी प्रमुखमा नियुक्त गर्दै सोही दिनदेखि कार्यवाहक सीईओको जिम्मेवारीसमेत दिइएको छ।

फुयाँल यसअघि सन नेपाल लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) थिए। त्यहाँबाट राजीनामा दिएर हिमालयन लाइफमा प्रवेश गरेका उनी यसअघि आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतसमेत रहिसकेका छन्।

हिमालयन लाइफका सीईओ कपिलकुमार दाहाल हाल नेपाल बीमा प्राधिकरणको निलम्बनमा छन्।