होटल संघ नेपालले दियो राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिका लागि सुझाव

होटल संघ नेपाल हान HAN

होटेल संघ नेपाल (हान)ले होटेललाई विशेष उद्योगसरह वित्तीय सुविधा उपलब्ध गराउन माग गरेको छ । हानको प्रतिनिधिमण्डलले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव दिँदै यस्तो माग गरेको हो ।

हानका अध्यक्ष विनायक शाहले नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल सरकारको आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेटले पर्यटन क्षेत्र र होटेल उद्योगका लागि घोषणा गरेका कार्यक्रमको सफल एवं प्रभावकारी कार्यान्वयनमा सघाउ पुग्ने आगामी मौद्रिक नीतिमा आउनुपर्ने सुझाव दियो ।

अध्यक्ष शाहले समग्र पर्यटन तथा होटेल उद्योगको बृहत्तर विकास र विस्तारमा सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिए । अध्यक्ष शाहले होटेललाई भुक्तानी गर्न सहज हुने गरी होटेलको स्तरअनुसार अमेरिकी डलरटपअपको दायरा विस्तार गर्दै होटेलको नाममा प्रिपेड डलर कार्ड अथवा डलर क्रेटिड कार्ड उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरे ।