हाइटेन्सन लाइनको टुप्पोमा पुगेकी किशोरीको उद्धार

  • Clock icon
    २०८३ आश्विन ३०, शुक्रबार

सर्लाहीको कविलासीमा १३२ केवी विद्युत् प्रवाह भइरहेको हाइटेन्सन लाइनको पोलमा चढेकी किशोरीको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा घण्डै ५ घण्टापछि किशोरीलाई सकुशल उद्धार गरेर तल झारिएको हो।

कविलासी नगरपालिका २ घर भएकी किशोरी हिजो बिहीबार दिउँसो साढे ४ बजेतिरै गाउँ नजिकै रहेको बिजुलीको पोलको टुप्पोमा पुगेर बसिरहेकी थिइन्।

गएराति करिब ९ बजेतिर किशोरीको उद्धार भएको हो।

किशोरी विजुलीको पोलमा चढ्दै गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि तुरुन्तै विद्युत् प्राधिकरणलाई खबर गरेर त्यहाँको विद्युत् प्रवाह बन्द गरिएको थियो।

तलबाट अभिभावक र सुरक्षाकर्मीले बोलाउँदा पनि किशोरी नबोली बसेपछि सुरक्षाकर्मी परिचालन गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

अभिभावकले ती किशोरी मानसिक रुपमा बिरामी रहेको बताएका छन्।