ईति सम्प्राथ्र्य देवीं तु तत उत्थापयेद् बुध ।
उत्तिष्ठ देवी चण्डेशि शुभां पूजा प्रगृह च ।।
कुरुष्व मम कल्याणमष्टाभि शक्तिभिःसह ।
गच्छ गच्छ परं स्थानं स्वस्थानं दवि चण्डिके ।।
नवरात्रिमा देवीलाई पूजा अर्चना गरिसकेपछि आज दशमीको दिन चाहिँ देवीलाई विधिपूर्वक बिर्सन गरिन्छ ।
पृथ्वी लोकमा गरिएको अर्चनालाई स्वीकार गर्दै देवीलाई आज आफ्नो धाममा जान गरिने आव्हान नै देवी विसर्जन हो । नवरात्रिमा सिङारेर पूजा गरिएको देवीको मूर्तिलाई आज विधिपूर्वक विसर्जन गरिन्छ । आजका दिन विसर्जन गरिएको मूर्तिलाई भोलि जलाशयमा बगाइने परम्परा छ ।
माटो मुछेर बनाइएका देवी प्रतिमाबाहेक परम्परादेखि स्थापित धातुका मूर्ति रहेका देवी मन्दिरमा भने देवी पूजन विसर्जन गरेर प्रसाद स्वरूप जलअभिशेक र जमरा पुजारीले दर्शनार्थीलाई दिने गरिन्छ ।
