वैदेशिक रोजगारीका कारण नेपालीको परिभाषा फरक भैसक्यो : परराष्ट्रमन्त्री राणा

नेपाल सरकारकी परराष्ट्रमन्त्री डा आरजु देउबा राणाले नेपालीको जीवनस्तरमा निकै परिवर्तन आएको विचार प्रकट गरेकी छिन् ।

हिजो सदनमा बोल्दै उनले केही समयअघि म पुतलीसडकको बाटोमा हिँड्दा धेरै मानिसको अनुहार चाउरिएको खान नपाएको जस्तो खुट्टामा चप्पल नभएको कपाल नकोरेको विरक्तिएर हिँडेको जस्तो देखिन्थ्यो । तर अहिले सबै सफा सुग्गर भएर पुरानो परिभाषा नै फेरिएर हिँडेका छन् ।

यो सबै कारण हरेक नेपालीको कोही न कोही विदेशमा भएकाले परिवर्तन आएको बताएकी छिन् ।