राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्य नेतृत्वको २० सदस्यीय टोली कात्तिक २९ गते चीन जाने भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री आचार्यसहित २० जना सांसद चीन जान लागेका हुन्।
भ्रमण टोलीमा को(को सहभागी हुन लागिएको विषय टुङ्गो नलागिसकेको एक सांसदले जानकारी दिए ।
महामन्त्रीज्यूले सहभागी हुने सांसदहरूको नाम माग्नुभएको छ । भाइटिकाको चार दिनपछि १० दिने भ्रमणमा निस्कदैँछौँ । को(को सहभागी हुनेमा टुङ्गो लागेको छैन । बाँकी कुरा महामन्त्रीलाई नै सोध्नुभयो भने थाहा हुन्छु, ती सांसदले भने ।
अहिलेसम्म महामन्त्री आचार्य सहित लिमा अधिकारी, हरि ढकाल, समीक्षा बास्कोटा सहभागी हुने निश्चित भएपनि अरूको टुङ्गो नलागिसकेको ती सांसदले जानकारी दिए ।
सबैको टुङ्गो लागिसकेपछि पार्टीले नाम सार्वजनिक गर्ने ती सांसदले बताए । आचार्यको भ्रमणको एजेन्डाबारे केही बताइएको छैन ।
यसअघि सभापति रवि लामिछाने नेतृत्वको उच्चस्तरीय टोली चीन जाने भनिएपनि अन्तिम समयमा रोकिएको थियो।
