साताको तेस्रो कारोबार दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार नेप्से परिसूचकमा १.२६ प्रतिशतको सुधार आएको छ।
आज नेप्से परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४.०६ बिन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ६।६२ अंक, फ्लोट इण्डेक्स २।२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २।३९ अंकले बढेको छ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ७९ करोड ५१ लाख ९६ रुपैयाँ बराबरकोशेयर कारोबार भएकोमा आज ३४८ कम्पनीका १ करोड ९३ लाख ९४ हजार कित्ता सेयर किनबेच भएका छन्।
कुल ६३ हजार ७०७ पटकको कारोबारबाट ७ अर्ब ४५ करोड ६७ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
