कर्णाली याक्सले नेपाल प्रिमियर लिगमा काठमाडौ गोर्खाजलाई १ सय ८१ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८० रन बनाएको छ।
ओपनर अरिफुल इस्लाम २२ बलमा ५ चौका र ३ छक्का सहयोगमा ४४ रन बनाउँदा शाहब आलमको बलमा डेविड वार्नरको हातबाट क्याच आउट भए। र
मार्क वाट १७ रन बनाउँदा क्याच आउट नै भए। जिसन आलमले ७ र दिपक डुम्रेले ८ रन थप्दै पेभेलियन फर्के।
पाचौँ विकेटका लागि पवन सर्राफ र हुसैन तलातले ६५ रनको साझेदारी गरे। हुसैन ३० बलमा १ चौका २ छक्का सहयोगमा ४० रन बनाउँदा जहानदाद खानको बलमा हिट विकेटमा आउट भए।
१२ बलमा २ छक्का सहयोगमा २० रन बनाएका गुल्सन झा करण केसीको बलमा रासिद खानबाट क्याच आउट भए। पवन २४ र सोमपाल कामी १ रनमा अविजित रहे।
काठमाडौका लागि करण केसीले २ विकेट लिए। शाहब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान एक विकेट लिए।
