यू–१९ महिला क्रिकेटमा हङकङ माथि नेपालको जित

  • Clock icon
    २०८३ कार्तिक १९, बिहीबार

नेपाल युवा महिला क्रिकेट टोलीले यू–१९ महिला बेल्ट एन्ड रोड सिरिजमा हङकङ चाइनालाई ९२ रनले पराजित गरेको छ।

चीनको सान्सी टाउन क्रिकेट सेन्टरमा आज बिहीबार भएको खेलमा नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १८ ओभरमा ५४ रनमै अलआउट भयो।

नेपालका बलरले उत्कृष्ट प्रदर्शन गर्दै हङकङलाई सस्तैमा समेटे। नेपालका लागि मनिषा चौधरी र रचना चौधरीले समान ३ विकेट लिइन्। साक्षी यादवले २ र आशिकाकुमारी महराले १ विकेट लिइन्।

त्यसअघि टस जितेको हङकङले ब्याटिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले १९।५ ओभरमा सबै विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो।

नेपालका लागि सोनी पाख्रिनले सर्वाधिक ४४ रन बनाइन्। उनले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गरिन्। सवित्री धामीले ३६ रन जोड्दा त्रिशना विश्वकर्माले १२ तथा एन्जिला पाठकले १३ रन बनाइन्।

हङकङका लागि स्टोर्म पार्करले २, अकेशा साहनी, अर्ना सेन्टिलभेल, मान केइ लिउङ र होइ चिङ पुनले समान १ विकेट लिए। नेपाली टोलीकी कप्तान सोनी प्लेयर अफ द म्याच घोषित भइन्।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ७ विकेटले हराएको छ। नेपाल र चीनबीचको खेल वर्षाका कारण रद्द भएको थियो।